1 month ago
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भइन्।
फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स लिगमा च्याम्पियन बनेको हो । श्रीलंकालाई हराउँदै इरान प्रतियोगितामा तेस्रो भयो ।
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधवार नगदसहित सम्मानित गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १८ र १९ गते हुने प्रतियोगितामा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिने बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका […]