default_image

1 year ago

August 9, 2024

पाकिस्तानी अर्शदले जिते कीर्तिमानी स्वर्ण

1669 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका अर्शद नदीमले पेरिस ओलम्पिकको पुरुष ज्याभलिन थ्रोमा बिहीवार कीर्तिमानी स्वर्ण पदक जितेका छन् ।

ओलम्पिक इतिहासमै पाकिस्तानले व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले स्वर्ण जित्ने क्रममा ९२.९७ मिटरको थ्रो गरे ।

नदिमको यो थ्रो ओलम्पिक इतिहासको नै लामो सर्वाधिक लामो थ्रो हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोरकिल्डसेनले ९०.५७ मिटरको थ्रो गर्दै कीतिमान बनाएका थिए ।

भारतका निरज चोपडाले ८९.४५ मिटरसहित रजत तथा ग्रेनाडाका एन्डसन पिटर्स ८८.५४ मिटर थ्रो गर्दै कांस्य पदक जिते ।

पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.