1 year ago
August 9, 2024
एजेन्सी – पाकिस्तानका अर्शद नदीमले पेरिस ओलम्पिकको पुरुष ज्याभलिन थ्रोमा बिहीवार कीर्तिमानी स्वर्ण पदक जितेका छन् ।
ओलम्पिक इतिहासमै पाकिस्तानले व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले स्वर्ण जित्ने क्रममा ९२.९७ मिटरको थ्रो गरे ।
नदिमको यो थ्रो ओलम्पिक इतिहासको नै लामो सर्वाधिक लामो थ्रो हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोरकिल्डसेनले ९०.५७ मिटरको थ्रो गर्दै कीतिमान बनाएका थिए ।
भारतका निरज चोपडाले ८९.४५ मिटरसहित रजत तथा ग्रेनाडाका एन्डसन पिटर्स ८८.५४ मिटर थ्रो गर्दै कांस्य पदक जिते ।
पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]