1 year ago
August 10, 2024
ललितपुर (हाम्रो खेलकुद)- सैंबु भलिबल क्लबले काभा बीच भलिबल च्याम्पियनसिपको पुरुषतर्फको रजत पदक विजेता जोडीलाई शनिवार सम्मान गरेको छ ।
भुटानको थिम्पुमा साउन १७ देखि १९ गते सम्म भएको च्याम्पियनसिपमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दीलबहादुर सुनारको जोडीले दोस्रो स्थान प्राप्त गरेको थियो।
क्लबका अध्यक्ष धिरज कुँबरले मान र दीललाई सम्मानपत्र प्रदान गरे। कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा , समाजसेवी हरिकुमार थापा, सर्कलका बरिष्ठ सदस्य गोपालराम पौडेलको उपस्थिति थियो ।

मान सैंबु भलिबल क्लबका कार्यकारी सदस्य समेत हुन् । उनले सम्मानले भर्खरै खेल्न सुरु गरेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए । मानले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।
सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम पनि महत्वपुर्ण रहने बताए । खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न सफल भएकोमा बधाई दिए ।

सोही च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले नेपाललाई स्वर्ण पदक दिलाएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]