1 year ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोलीले जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो ।
काभा नेसन्स लिगको आयोजक समेत रहेको भलिबल संघले शनिबार समिक्षा बैंठक गर्दै टोली १४ खेलाडी, मुख्य प्रशिक्षक, प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई पुरस्कृत गर्ने निर्णय गरेको महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट पुरस्कृत गर्ने संघले निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले बिहीबार टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]