default_image

1 year ago

August 11, 2024

दसौं राष्ट्रिय खेलकुद सुरु हुन ९९ दिन बाँकी!

919 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा यसै वर्ष हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ९९ दिन बाँकी छ।

१ सय दिन बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषदले शनिवार काउनडाउन सुरु गरेको छ ।

दसैं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ गते सुरु‌ हुने नवौंको‌ समापनकै क्रममा पोखरामा घोषणा गरिएको थियो।
राष्ट्रिय खेलकुदको उद्घाटन स्थल निर्माणाधिन कर्णाली प्रदेश रंगशालामा शनिवार आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको हो।

सो‌ मस्कट र लोगो कर्णालीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई यसअघि नै बुझाइ सकेको छ । कर्णाली प्रदेशले शनिवार प्रस्तावको रुपमा सार्वजनिक गरेको दशौ राष्ट्रिय खेलकुदको लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदि अंकित लोगो रहेको छ । लोगो विकास तमखुले तयार पारेका हुन् ।

दसौंको मस्कट कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ बन्य जन्तु रेडपाण्डा रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले सरोकारवाला सबैको सुझावमा रेडपाण्डालाई मस्कटको रुपमा छनोट गरेको हो।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली राष्ट्रिय खेलकुद तोकिएकै मितिमा गर्न तयार रहेको बताए ।

यस्तै कर्णाली प्रदेशले सार्वजनिक सूचना मार्फत कर्णाली खेल गीतको शब्द रचना तयार गरी संगीत गरिएको गीतको समेत शनिवार मन्त्री भणडारीले सार्वजनिक गरेका थिए । उक्त कर्णाली खेल गीतको शब्द जाजरकोटका राम बहादुर शाही ‘क्षितिज समर्पण’ को र संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।

के छ कर्णालीको राष्ट्रिय खेलकुदको तयारी

कर्णाली परिषदले दसौं राष्ट्रिय खेलकुदको १ सय दिनको काउनडाउन सुरु गरेसँगै ५ मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले बताए । परिषदले पहिलो प्रथामिकतामा राखेका ५ काम मध्ये पूर्वाधार, बसोबास ,यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् ।

सदस्य सचिव संज्यालले दसौं राष्ट्रिय खेलकुद आयोजनाको मुख्य थलो प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार हुने जानकारी दिए।

यस्तै हुम्लामा हक्की खेल मैदान,रारामा कबड्डीको खेल मैदान र जुम्ला,कालिकाट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको र जाजरकोटमा टेबल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केहि मर्मत सुधार गर्नु पर्ने उनले बताए ।

‘प्रदेश रंगशाला र वीरेन्द्रनगर भित्र करिब १६ वटा खेल खेलाउन मिल्ने पूर्वाधार तयार हुने छन्,’ सदस्य–सचिव संज्यालले भने, ‘ क्रिकेट खेल मैदान २ वटा, रग्वी खेल मैलान १ वटा, चिसापानीमा फुटबल मैदान निर्माण सम्पन्न भइसकेको छ । सुर्खेत पूर्व मेहनकुना देखि पश्चिम बाबियाचौर सम्म विभिन्न संघ संस्था र पालिकाहरुले निर्माण गरेका मैदानहरु पनि थप व्यवस्थित गरेर प्रयोग गरिने छ ।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश थिए।‌ दसौंमा कर्णाली प्रदेशले भने २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका र सोहि अनुसार बसोबासलाई व्यवस्थापन गर्ने र उद्घाटन हुनु भन्दा ६ दिन अघि बाटै केहि खेलहरु सुरु गर्ने गरी प्रस्तावित राखेपलाई तालिका पठाइसकेको सदस्य सचिव संज्यालले‌‌ बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.