default_image

1 year ago

August 11, 2024

काभा नेसन्स लिगको रजत विजेता‌ टोलीलाई पुरस्कार सिफारिस

1042 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई पुरस्कारका‌ लागि सरकारलाई सिफारिस गरेको छ।

राखेपको‌ कार्यकारी समितिको शुक्रवार बसेको बैठकले
युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई टोली नगद पुरुस्कारका लागि सफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको छ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार टोलीका खेलाडीले जनही ३ लाख रुपयाँ पाउने छन् । यस्तै प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

बुधवार‌ सम्पन्न काभामा नेपालले रजत पदक प्राप्त गरेको थियो। फाइनलमा‌ नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो।

काठमाडौं महानगरपालिकाले बिहीवार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो। नेपाल भलिबल संघले लाभाको टिकट विक्रीबाट संकलित रकम मध्येबाट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले‌ पुरस्कृत गर्ने शनिवार निर्णय गरेको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.