default_image

1 year ago

August 11, 2024

एभरेष्ट लिगका लागि ६ मार्की खेलाडी सार्वजनिक

16849 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो ।राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ हुन् । अरुणा चितवनको मार्की रहेकी छिन् ।

मार्की हुनेमा सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीबाट खेल्नेछन् ।

नेपाल भलिबल संघ सँगको समन्वयमा इन्फिनिटीले मार्कीको नाम‌ सार्वजनिक गरेको हो । अब टोलीको छनोट पनि आन्तरिक ड्राफ्टमार्फत नै हुनेछ । विगतमा नेपालमा भएका सफल फ्रेन्चाइज लिगमा सार्वजनिक रुपमा ड्राफ्ट आयोजना भएपनि यसपटक आन्तरिक रुपमा खेलाडी छनोट हुनेछ ।

हरेक टोलीमा ३ विदेशीसहित १२ खेलाडी राख्न पाउने व्यवस्था छ । २ खेलाडी ट्यालेन्ट हन्टबाट छनोट गरिने यसअघि नै बताइएको छ ।

व्यावसायिक नेपाली खेलाडीलाई‌ ३ श्रेणीमा विभाजन गरि न्युनत्तम मुल्य तोकिएको छ । ए श्रेणीको लागि १ लाख ५० हजार, बीको लागि १ लाख र सीको लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

लिगका लागि यसअघि नै इन्फिनिटी ड्रिम्सले नेपाल भलिबलसँग सम्झौता गरेको थियो । आमिर अख्तर इन्फिनिटीको‌ संस्थापक‌ अध्यक्ष हुन् । अख्तरको नेतृत्वमा यसअघि एभरेस्ट प्रिमियर लिग फ्रेञ्चाइज क्रिकेट आयोजना गरेका थिए ।

मार्की खेलाडी :

चितवन – अरुणा शाही 

गण्डकी – सरस्वती चौधरी 

ललितपुर – सलिना श्रेष्ठ 

मधेश – निरुता ठगुन्ना

काठमाडौं- उषा भण्डारी

कर्णाली – सुमित्रा रेग्मी

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.