default_image

1 year ago

August 14, 2024

पल्सर स्पोर्ट्स अवार्ड अर्को महिना

454 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको‌ छ

महाभुकम्पका‌ कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको छ । पल्सर नेपाल र मञ्चबीच यो सहकार्यको १६ औं वर्ष हो।

गोच्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका‌ अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्पोर्टस अवार्डको यो २१ औं संस्करण हो। यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने बताइएको छ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी गराइएको छ । यसका लागि मञ्चले खेलाडी छनोट समितिले काम सुरु गरिसकेको बताइएको छ ।

टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन। यससँगै सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

गोल्छा ग्रुपको पल्सर नेपालले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ । पिपल्स च्वाइसको विजेताले पल्सरको एनएस ४ सय र अन्य ४ विधाकाले एनएस २ सय प्राप्त गर्नेछन्।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेतालाई १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यि गतवर्षहरुमा ५० हजार रुपैयाँ पाउने गरेका थिए।

एआईपीएस एसिया कंग्रेस काठमाडौंमा
स्पोर्टस अवार्ड कार्यक्रमलाई पूर्वसन्ध्यांमा एआईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागेको मञ्चले जनाएको छ। कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ बताइएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.