1 year ago
August 24, 2024
मेचीनगर (हाम्रो खेलकुद)- छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको दोस्रो दिन शनिवार २ हजार रेटिङ मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिशोन थापाले समान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेका छन् ।
नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३ चरणको समाप्तीमा पुरुषोत्तम र रिशोनले शत प्रतिशत जित निकालेका हुन् ।
सिएम पुरुषोत्तमले पहिलो चरणको खेलमा १८१० रेटेड विश्व विजय घिमिरेलाई, दोश्रो चरणमा १७९६ रेटेड निलम बस्नेतलाई र तेश्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन १८८५ रेटेड सिएम नवीन तण्डुकारलाई पराजित गरेका छन्।
रिशोनले१७१४ रेटेड नारायण राई, महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशी र १८१७ रेटेड चुडामणि कुलुङ माथि जित दर्ता गरेका छन्। चौथो चरणमा रिशोनले कालो गोटीबाट पुरुषोत्तमसँग प्रतिस्पर्धा गर्नेछन्।
एमेच्योर च्याम्पियन बनेर दुबईमा हुने एशियन एमेच्योर प्रतियोगितामा सहभागी हुने प्रयासमा रहेका १८९१ रेटेड विकास मैनाली, पूर्व विजेता १८८५ रेटेड सिएम कृष्ण थापा र १८९६ रेडेट आशिष फुयाल २ जित र १ बराबरका साथ २.५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थानमा छन्।
सोही समूहमा प्रतिस्पर्धा गरिरहेकी महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशीको खेल सन्तोषजनक रहन सकेन।
सेप्टेम्बरमा हुन गइरहेको हंगेरी चेस ओलम्पियाड खेल्न ग्राण्ड मास्टरसँग प्रशिक्षण लिएकी महत्त्वपूर्ण खेलाडी आफू भन्दा उच्च रेटेड पुरुष खेलाडीवाट पराजित भएकी छन्।

विश्व बुद्धिचाल महासंघको आयोजनामा हुने चेस ओलम्पियाड टोलिका १६८७ रेटड महिला खेलाडी पूजा भण्डारीले भने औसत प्रदर्शन गरेकी छिन्।
पूजाले १७०० रेटिङ मुनि तेश्रो चरणको खेलमा एरिना क्याण्डिडेड मास्टर माथि रोमाञ्चक जित गर्दा गरेकी छिन्। यस्तै दोश्रो चरणको खेलमा विष्णुलाल लिम्बूसँग बराबरी खेलेकी छिन्। पूजाको २.५ अंक छ।
१७०० रेटिङ मुनि सम्पन्न भएको प्रतियोगिताको चौथो चरणपछि १६९९ रेटेट रञ्जित राई, १६२६ रेटेड कपिल गुरुङ र १६४८ रेटेड शिव कुमार बिकले समान ४ अंक बनाउँदै संयुक्तरुपमा शीर्ष स्थानमा छन्।
यस्तै १६९४ रेटेट गोविन्दमान श्रेष्ठ र १५९८ रेटेड कृष्णप्रसाद सिग्देलले ३ जित र १ बराबर बाट ३.५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थानमा छन्।
छैटौं राष्ट्रिय एमेच्योर चेस समूह ‘क’ को खेल ७ चरणको हुनेछ । १७०० मुनिको समूह ‘ख’ को खेल ९ चरणको हुनेछ। प्रतियोगितामा २ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]