default_image

1 year ago

August 25, 2024

एभरेस्ट महिला भलिबल लिग अर्को महिना हुने

2110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ।

घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई‌ ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ।

इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित टोलीको घोषणा गरिसकेको छ। मधेश युनाइटेडले २ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

टिम गण्डकी :

सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

प्रशिक्षक : रुपेश कुमार विष्ट

टिम काठमाडौं :

उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट

टिम मधेश:

निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बि’, संगम महतो ‘बि’, शान्ति तामाङ ‘बि’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

टिम ललितपुर :

सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, सफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का

टिम कर्णाली :

सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बि’, मनिषा चौधरी ‘बि’, यमुना रसाइली ‘बि’, सुनिता राई ‘बि’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

चितवन शक्ति:

अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बि’, जेनिशा विश्वकर्मा ‘बि’, एन्जिला प्रधान ‘बि’, सुनिता खड्का ‘बि’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.