default_image

1 year ago

August 26, 2024

पुरुषोत्तमले जिते राष्ट्रिय एमेच्योर बुद्धिचालको उपाधि

435 views

0 Bookmark

मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्। 

झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । 

राजेन्द्र राईले ५.५ अंकसाथ दोस्रो भएर २५ हजार रुपैयाँ पाए। समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउण्टर , बुकोल्ज वान टु र मोष्ट विन नियमका आधारमा तेस्रो भए १५ हजार रुपैयाँ प्राप्त गरे। 

चौथो आशिष फुयालले १२ हजार , पाचौं पूर्व विजेता सिएम कृष्ण थापाले १० , छैंटौं निलम बस्नेतले ८ , सातौं विकास मैनालीले ६ तथा आठौं प्रेम लिम्बु, नवौं सुरोज महर्जन र दसौं वलिमान गुरुङले‌ समान दशौं ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

१७ सय रेटिङ मुनिको विधामा २३६२ रेटिङ पर्फोमेन्स गर्दै रञ्जित राई विजयी भए । व्यक्तिगत १६९९ रेटिङबाट खेल प्रारम्भ गरेका रञ्जितले ६५.२ रेटिङ बढाउने क्रममा सबै खेल जिते। उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।

सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेको ९ चरणको प्रतिस्पर्धामा दोस्रो भएका रामहरि कार्कीले २५ र तेस्रो भएका कपिल गरुङले १५ हजार पाए ।

चौथो पूजा भण्डारीले १२ , पाँचौं शिभम् कुमार बिकले १०, छैटौं रोशन खड्गीले ८ हजार, सातौं कृष्णप्रसाद सिग्देलले ६ तथा आठौं सुरज सिंह, नवौं खिलराज राई र दसौं राजन पहाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

नेपाल बुद्धिचाल महासंघको क्यालेण्डर अनुसार एमेच्योर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगर नगरपालिकाको काँकडभिट्टास्थित होटल व्यवसायी संघ सभाहल चार दिनसम्म सन्चालन भएको थियो।

मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विभिन्न जिल्लाका ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। १८ लाख भन्दा बढी खर्च भएको प्रतियोगितामा २ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिता निर्देशक भरत गुरुङले जानकारी दिए।

नाइट चेस क्लब, झापाका अध्यक्ष विश्व विजय घिमिरेको सभापतित्वमा भएको समापन कोशी प्रदेशका सांसद गोपाल तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतले विजेता खेलाडीलाई‌ पुरस्कृत गरे।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.