default_image

1 year ago

September 17, 2024

नेपाल क्यानडासँग हार्नुका ५ कारण

3357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी क्रिकेट विश्वकप लिग–२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।

ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुँदै १ सय ५० रन मात्र जोड्न सक्यो ।

नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए । कप्तान रोहित पौडेलले ५ रन बनाए । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।

गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।

क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुनस् एकपटक खराब बलिङ गर्दा मध्य इनिङको दबाबलाई कायम गर्न सकेन । अन्तिम १० ओभरमा नेपालका बलरले १ सय ४ रन खर्चिए ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा नटआउट ७३ रन, नवनित धालीवालले ४८ रन बनााए । नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए ।

नेपालले क्यानडासँग फराकिलो हार बेहोर्नुका ५ कारण यस्तो छ।

१) अनिल र आरिफलाई बेन्चमा राख्नु

नेपालको क्यानडासँगको हारको प्रमुख कारण प्लेइङ–११ छनोटबाटै सुरु भएको थियो । टि ट्वान्टी विशेषज्ञ बलरका रुपमा अभिनाष बोहोराले ओडिआईमा मौका पाउँदैनन् । ओडिआईका खेलाडी रुपमा हेरिएका आरिफ शेखले टि ट्वान्टी खेलमा कमै मौका पाउँछन् । तर क्यानडाविरुद्धको खेलमा तीनै आरिफलाई बेन्चमा सिमित गरियो । आरिफको ब्याटिङलाई ओडिआईको खम्बाको रुपमा लिइन्छ । तिनै खम्बाको प्रयोगमा चुक्नु नै नेपालले हार बेहोर्नुको प्रमुख कारण बन्यो ।

क्यानडाविरुद्ध यसअघि खेलिएका खेलमा सबैभन्दा उत्कृष्ट औसतमा रन बनाएका अनिल शाहलाई बेन्चमा राख्ने निर्णय नेपालका लागि घातक सावित भयो । अनिलले क्यानडाविरुद्ध २ खेल खेल्दै १ सय ६२ रनको औसतमा १ सय ६२ रन बनाएका थिए । केही दिनअघि भएको अभ्यास खेलमा समेत अनिलले राम्रो प्रदर्शन नै गरेका थिए । बारम्बार मौका पाउँदा पनि खराब लयलाई निरन्तरता दिने केही खेलाडी प्लेइङ ११ मा रहिरहँदा अनिलका बारेमा सोच्न नसक्नु कमजोरीका रुपमा रह्यो ।

२) सदाझैं कमजोर डेथ ओभर

क्रिकेटमा ओडिआई होस् या टि ट्वान्टी डेथ ओभरलाई आफ्नो पक्षमा पार्न सक्ने टिमले जित हात पारेको धेरै उदाहरण रहेको छ । नेपाल भने डेथ ओभरमा बारम्बार चुकिरहेको छ । अन्तिम १० ओभरमा खराब बलिङका कारण नेपालले विशाल लक्ष्य पायो । नेपालले अन्तिम १० ओभरमा १०.४ रन प्रतिओभरका रुपमा १ सय ४ रन खर्चन पुग्यो । सुरुवातको ४० ओभरमा ३.७२ रन प्रति ओभरमा १ सय ४९ रन खर्चिएको थियो । अन्तिम १० ओभरमा क्यानडाले सानदार प्रदर्शन गरेको लयका कारण अर्को ईनिङमा उनीहरुले नेपाली ब्याटर माथि दबाब कायम गर्न सफल रहे ।

३) तीव्र गतिका बलर प्रभावकारी नदेखेनु

क्यानडा जानुअघि सोमपाल कामीले भने जस्तै क्यानडामा तीव्रगतिको बलिङलाई प्रभावकारी भएको देखियो । त्यो कन्डिसनमा नेपालका तीव्र गतिका बलरको प्रभावकारीतामा भने धेरै प्रश्न आए । क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरले एक्लैले ५ तथा अर्का तीव्रगतिका बलर अखिल कुमारले २ विकेट लिएका थिए । क्यानडाका तीव्र गतिका बलरले कम रन खर्चिएर ७ विकेट लिदा नेपालका तीव्र गतिका बलरले भने रन पनि धेरै खर्चिएर जम्मा ३ विकेट लिन सके । हारको अर्को कारणमा नेपाली ब्याटरले क्यानडाको पेस झेल्न नसक्नु र नेपाली पेस बलरले आशा अनुरुप प्रदर्शन गर्न नसक्नु हो ।

४) करणको खराब लय

नेपालका तीव्रगतिका बलर करण केसीको खराब लय यस खेलमा समेत देखियो । करणको बलिङमा जब विकेट आउन्न नेपालको हार त्यहीबाट लगभग निश्चित हुन्छ । करण ओडिआई क्रिकेटमा करिब १३ महिना देखि विकेट विहीन छन् । करणले पछिल्लो पटक २०२३ अगस्ट ३० मा पाकिस्तानविरुद्धको खेलमा फखर जमामको विकेट लिएका थिए । नेपालको ओडिआई इतिहासलाई हेर्ने हो भने करणले विकेट नलिएको खेल नेपालले जितेको रेकर्ड कमै छ ।

५) किर्तनको सानदार ब्याटिङ

नेपालको हारको प्रमुख कारण क्यानडाका कप्तान निकोलस किर्तनको सानदार इनिङ पनि हो । तेस्रो विकेटको पतन पछि टिमको स्कोर ३ विकेट गुमाएर १ सय ९ रनको अवस्थामा क्रिजमा आएका किर्तनको महत्वपूर्ण इनिङको सहयोगमा क्यानडा २ सय ५३ रन सम्म पुग्न सक्यो । किर्तनले ४४ बलमा ६ छक्काको सहयोगमा नट आउट ७३ रन बनाए । यो उनको व्यक्तिगत उत्कृष्ट ब्याटिङमा रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.