default_image

1 year ago

September 17, 2024

काठमाडौं महागरको विजयी सुरुवात

627 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको उद्घाटन खेलमा काठमाडौं महानगरले आयोजक महानगरकै वडा नं २३ लाई टाइब्रेकरमा २–१ ले हरायो ।

काठमाडौँ महानगर र वडा नं २३ ले निर्धारित समयको खेलमा १–१ को बराबरीमा टुंगिएको थियो । अनुप प्रधानले काठमाडौँ महानगरका लागि पहिलो अग्रता दिलाएका थिए । वडा नं २३ का राजीव चित्रकारले बराबरी गोल गरे । त्यसपछि पेनाल्टी सुटआउटमा काठमाडौं महानगरले बाजी मारेको थियो । महानगरका अनुप प्लेयर अफ दि म्याच चुनिए ।

पहिलो दिन अन्य खेलमा वडा नं २ र वडा नं ६ ले पनि जित हासिल गरे । दोस्रो खेलमा वडा नं ९ ले वडा नं २७ लाई २–० ले पराजित गर्यो । विजयी टिमका लागि दुवै गोल मिङमा लामा तामाङले गरे । मिङमानै प्लेयर अफ दि म्याच चुनिए ।

तेस्रो खेलमा वडा नं ६ ले वडा नं ११ लाई ३–२ ले हरायो । वडा ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले गोल गरे । वडा नं ११ का जनक कोइारला र रितेश महतोले गोल गरे । सो खेलमा वडा ६ का केशवले प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् । काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँले पुरस्कृत हुनेछन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.