1 year ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौ वडा नं १४ ले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
लैनचौर फुटसल मैदानमा वडा नं १४ ले रुपक हमालको गोलमा वडा नं १५ लाई १-० ले हरायो । रुपकनै प्लेयर अफ दि म्याच घोषित भए ।
अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० विजयी हुँदै प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
वडा नं ३ ले वडा नं ३० लाई ७-० को फराकिलो अन्तरले हरायो । विजयी टोलीका सुजन महर्जनले ४, प्रज्वल भट्टले २ तथा अनुराग श्रेष्ठले १ गोल गरे । ४ गोल गरेका सुजन प्लेयर अफ दि म्याच बने ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वडा नं २० ले युनिकमान डंगोलको २ गोलमा वडा नं २९ लाई २-० ले पराजित गर्यो । युनिकनै प्लेयर अफ दि म्याच चुनिए।
बुधवारको अन्तिम खेलमा इम्रोज श्रेष्ठको गोलमा वडा नं १० ले वडा नं २ लाई १-० ले निराश बनायो । इम्रोज प्लेयर अफ दि म्याच बने ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]