default_image

1 year ago

September 19, 2024

ललितपुर क्विन्सले ट्यालेन्ट हन्टबाट खेलाडी छान्ने

708 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को टोली ललितपुर क्विन्सले शनिवार ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्ने भएको छ ।

जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपरान्ह १२ बजे देखि ट्यालेन्ट हन्ट सुरु हुने छ । 
क्लबका मुख्य प्रशिक्षक उत्सव खड्का लगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रम बाट एक जना उत्कृष्ट खेलाडी छनोट गर्ने छ ।

छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गते सम्म काठमाडौं स्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुने छ ।

इडब्लुभिएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुने छ । जसमध्ये ८ जना आयोजकले ड्राफ्ट मार्फत हरेक टोलीलाई उपलब्ध गराइसकेको  छ ।

त्यस्तै ३ विदेशी र १ ट्यालेन्ट हन्ट मार्फत छनोट गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय महिला टोलीकी सदस्य सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.