default_image

1 year ago

September 20, 2024

पुलिस एक खेल अगावै फाइनलमा

6385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ ।

खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो ।

रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो । दोस्रो सेट भने पुलिसले २५–२० ले सेट आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेटमा भने वाक्कोले २१–२५ ले जित हात पार्यो । चौथो सेट २५-१८ ले आफ्नो बनाउँदै पुलिसले खेल २–२ मा ल्याएको थियो।

पाँचौं तथा निर्णायक सेट पुलिसले १५–१३ ले आफ्नो बनाउँदै अपराजित यात्रा कायमै राख्यो । पुलिसले‌ चौथो खेलमा आएर सेट हारेको थियो।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को सेटमा नै पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिसले आज समूह चरणको‌ अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिसको सामना गर्नेछ ।

पुलिसको भलिबल टोली
कमला पुन‌ (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द

प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.