1 year ago
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।
जावलाखेल भलिबल तालिम केन्द्रमा शनिवार भएको ट्यालेन्ट हन्ट मार्फत ज्याक्युशा ललितपुर क्विन्सका लागि छनोट भएकी हुन् । करिब ४५ जना सहभागीबाट ज्याक्युशा छनोट हुन सफल भएकी हुन् ।
ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशाको बुवा सिंगापुर प्रहरी भएकोले उनको बाल्यकाल उतै बित्यो । उनले सिंगापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि सपरिवार नेपाल फर्किए ।
पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । ’ठूलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ,’ छनोट भएपछि ज्याक्युशाले भनिन् , ’स्कुल हुँदा अतिरिक्त क्रियाकलापमा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिए, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु ।’ ५ फिट ८ इन्च कद भएकी उनी आउटसाइड हिटर खेल्छिन ।
इन्फिनिटी ड्रिम्स प्रा लिले आयोजना गर्ने ६ टोलीको सहभागितामा इडब्लुभिएलमा असोज १४ देखि असोज १९ गते हुनेछ। राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ कप्तान रहेको टोलीको प्रशिक्षकमा उत्सव खड्का छन् ।
ललितपुर क्विन्स टोली – सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, साफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]