1 year ago
September 23, 2024
सुशील पन्त क्षेत्री, चितवन
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा महतो छनोट भएकी छन् ।
भरतपुर २२ को कभर्ड हलमा आज सम्पन्न ट्यालेन्ट हन्टबाट नितिशा चितवन शक्तिका लागि छनोट भएकी हुन् ।
ट्यालेन्ट हन्टमा चितवनका ३४ भलिबल खेलाडी सहभागी थिए । प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीले उनीहरु मध्य नितिशालाई छनोट गरेका हुन् । यो सँगै नितिशाले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी हुन् ।
छनोट भएपछि नितिशाले खुशी व्यक्त गर्दै भलिबल करियरको नयाँ यात्रा सुरु भएको बताइन् । भरतपुर २७ की नितिशा हाल स्थानीय जानकी माविमा कक्षा १२ मा अध्ययनरत छिन् । ५.८ उचाई भएकी नितिशा आउट साइड हिटर हुन् ।
जानकी माविबाट यसअघि खेलेका आरती सुवेदी र संगम महतोले राष्ट्रिय टोलीमा छन् । ६ टोलीको सहभागितामा इडब्लुभिएलमा असोज १४ देखि असोज १९ गते हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]