1 year ago
September 25, 2024
पोखरा (हाम्रो खेलकुद)- सोइङ थापाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।
गण्डकी थण्डर्सले बुधवार पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट सोइङ छनोट भएकी हुन्। गण्डकीको पोखरामा ३० जना खेलाडीहरु ट्यालेन्ट हन्टमा सहभागी रहेको पोखरा थण्डर्सले जनाएको छ।
१७ वर्षकी सोइङ हाल पोखरामा बस्दै आएकी छन् । ५ फिट ८ इन्च हाइट भएकी उनी स्याङ्झा काली गण्डकीकी हुन् । थापालाई गण्डकी थण्डर्सका प्रबन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टिमले छनोट गरेको हो ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइजी लिगमा हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम रहेको छ । राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सरस्वती चौधरी गण्डकीको मार्की खेलाडी हुन् ।

इडब्लुभिएल असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
गण्डकी थन्डर्सको टोली
सुरस्वती चौधरी, प्रगति नाथ कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु एकातोरिना, जुभ्यागिन्त्सेभा जुही शा, सोइङ थापा
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]