1 year ago
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । संघले आइतवार महिला र पुरुष टोलीको घोषणा गरेको हो ।
एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो ।
महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाखा मार्किन राई, रोजिना पोखरेल, विनीता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्की वैकल्पिकमा खेलाडीका रुपमा रहेका छन्।
त्यस्तै पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरीलाई वैकल्पिकमा छन् ।
प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको थियो ।
यो प्रतियोगिता सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले अर्को वर्ष हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]