1 year ago
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली यसभिसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा मधेश युनाइटेडमाथि जित हासिल गरेको छ ।
कर्णालीले सोमवार दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो ।
पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो । एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निरन्तर अंक गुमाउँदा २६-२८ ले सेट गुमाउँन पुग्यो ।
कर्णालीले चौथो सेटमा भने २५-११ को सेटमा सहज रुपले जित निकाल्दै खेल जित्यो । कर्णालीले आफ्नो दोस्रो खेलमा मंगलवार गन्डकी थन्डर्ससँग खेल्नेछ । उता, मधेशले दोस्रो खेलमा मंगलवार नै ललितपुर क्विन्सको सामना गर्नेछ ।
आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित हात पारेको थियो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।
त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो ।
तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवै तर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो । काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् । ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन् ।
पहिलो दिनको अन्तिम खेल चितवन शक्ति र पोखरा थन्डर्सबीच हुनेछ। ६ टोलीले एकअर्काको सामना गरेपछि अंकतालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]