default_image

1 year ago

October 1, 2024

शिशिरलाई जिल्लास्तरीय स्नुकरको उपाधि

854 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् ।

भैरहवामा मंगलवार भएको फाइनलमा शिशिर बुटवलका संजय कार्कीलाई ५–२ ले हराउँदै च्याम्पियन बनेका हुन्।

उपाधिसँगै शिशिरले ६१ हजार रुपैयाँ र तथा संजयले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा सर्वाधिक ब्रेकर सुजन पुन मगरलाई १० हजार रुपैयाँ र उदियमान खेलाडी प्रमोद थैवलाई ५ हजार रुपैयाँ ले पुरस्कृत गरिएको छ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा १ सय २८ खेलाडी सहभागी थिए ।

सेमिफाइनलमा कुनाल श्रेष्ठलाई ४-३ ले हराउंदै शिशिर तथा सञ्जयरत्न बज्राचार्यलाई ४-२ ले हराउंदै संजय फाइनलमा पुगेका हुन् ।

विजयी खेलाडीलाई सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ, रुपन्देही पूल तथा न्स्नुकर संघका अध्यक्ष सुजन पुन लगायतले पुरस्कृत गरेका हुन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.