1 year ago
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो ।उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

३ खेलमा कर्णालीको ८ र ललितपुरको ६ अंकमा छ। कर्णाली शीर्षमा र ललितपुर दोस्रो स्थानमा छ।
आजै हुने दोस्रो खेल काठमाडौं स्पाइकर्स र गन्डकी थन्डर्स तथा तेस्रो खेलमा चितवन शक्ति र मधेश युनाईटेडबीच खेल हुनेछ । लगातार तेस्रो जितका साथ कर्णाली शीर्ष स्थानमा रहॅंदा तेस्रो खेलमा पहिलो पटक पराजित ललितपुर दोस्रो स्थानमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]