1 year ago
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ ।
बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा नेपालबाट ४ टिम सहभागी हुने छ । खेलाडीमा प्रणयमान श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, समराज श्रेष्ठ, अदम्य महर्जन, आसिप महर्जन, दावा छिरिङ लामा तामाङ, लक्की महर्जन, कृषन लाखे श्रेष्ठ, आशिषकुमार थापा मगर, सशान्त कार्की, आदर्श बस्नेत, अश्विन चालिसे, सागर परियार र कृष लामा रहेका छन् । प्रशिक्षकमा सदीश प्रधान, विशाल महर्जन, प्रेमसुन्दर होना र शरद् दर्शनधारी तथा अफिसियलमा नवीन न्यौपाने छन् ।
बक्सिङको पुरुष ७५ केजीमा नोर्बु थेन्डुप शेर्पा, ४६ केजीमा रोहित जनाला, ८० केजीमा सूर्यान वैद्य, ६३ केजीमा युनिक राई र महिला ५४ केजीमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा दीपक महर्जन, निर्णायकमा अनिलप्रसाद दाहाल र अफिसियलमा तीर्थबहादुर वैद्य छन् ।
टेबलटेनिसको पुरुषमा जेविश बुर्लाकोटी र आशिष महता तथा महिलामा वियंका राई, इभाना थापा, माल्सा नेपाल र विद्विशा मैनालीले खेल्ने छन् । उनीहरुले सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल श्रेष्ठ तथा अफिसियलमा सुवास न्यौपाने, विष्णुप्रसाद पराजुली र सुशिला मल्ल ठकुरी रहेका छन् ।
तेक्वान्दोको पुरुष ६८ केजीमुनि उज्ज्वल वाग्ले र अविन श्रेष्ठ, ४८ केजीमुनि राजन तामाङ, एकल पुम्सेमा लवाङ लामा तथा महिला ४५ केजीमुनि निविता केसी सहभागी हुने छन् । प्रशिक्षकमा सुवास तामाङ र राधाबहादुर तामाङ तथा अफिसियलमा राजकुमार लामा र प्रकाश साउद रहेका छन् ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा कविर केसीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । तिलक पाण्डे प्रशिक्षकको भूमिकामा रहने छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, टिम व्यवस्थापकमा सोविनराज रेग्मी तथा अफिसियलमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, माधव सापकोटा, चन्दा कार्की, निश्चित कार्की र पशुपति अधिकारी छन् ।
यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड सन् १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो ।
त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो । बहराइन जिम्नासाइडमा ६९ राष्ट्रबाट २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ गरी कुल खेलाडी ३ हजार ७ सय १४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।
टोलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, ब्राइट फ्युचर माविका संस्थापक प्रिन्सिपल दयाराम थापालगायतले मंगलवार एक कार्यक्रमबीच बिदाइ गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]