1 year ago
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ।
न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो ।
मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। न्यु डायमण्डले आफ्ना १७ खेलाडीलाई ४ तहमा विभाजन गर्दै पारिश्रमिक तोकेको छ ।
पहिलो तहका खेलाडीले १५ हजार, दोस्रो तहले १० हजार, तेस्रो तहले ५ हजार तथा चौथो तहले १ हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

पहिलो तहमा प्रतिभा माली र सलिना श्रेष्ठ, दोस्रो तहमा प्रगती नाथ, सुमित्रा रेग्मी, वालमिका आचार्य, सालिना बुढामगर, जेनिसा विश्वकर्मा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ रहेका छन् ।
तेस्रो तहमा रेविका लामा तामाङ तथा चौथो तहमा नामसार राना, रन्जना बुढामगर, दिक्षिका सुवेदी, सिखा श्रेष्ठ, सलिना गुरुङ र सुनिता खत्री छन्।
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले एसियाली भलिबल महासंघबाट वार्षिक रुपमा ५० हजार रुपैयाँ बराबरको भलिबल सामाग्री उपलब्ध गराउने वचन दिएका छन्।

मनाङ ग्रुपको अध्यक्ष कृष्ण गुरुङको १० हजार पाउने ३ खेलाडीको , रेशमबहादुर गुरुङले २ खेलाडीको , माधवप्रसाद अधिकारी र राष्ट्रिय व्यवसायी महासंघ सरोज सिटौलाले ५ हजार पाउने समान १ खेलाडी लागि मासिक रुपमा एक वर्षका लागि रकम उपलब्ध गराउने वचन दिएको न्यु डायमण्डका अध्यक्ष एवम प्रशिक्षक कुमार राईले जानकारी दिए। मेघा अस्पतालले वार्षिक ३ लाख रुपैयाँ बराबरको उपचारमा सहयोग गर्ने बताइएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]