1 year ago
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ।
नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् ।
रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ मा रजत र २०१७ मा कास्य जितेका थिए। यो स्पर्धामा थाइल्याण्डका खेलाडीले स्वर्ण हात पारेको बताइएको छ।
एसियन च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण विजेता रजनी श्रेष्ठले महिला ५५ केजी मुनिको तौल समुहमा रजत प्राप्त गरिन्। यो स्पर्धामा भियतनामकी खेलाडीले स्वर्ण जितिन्। रजनीले यसअघि ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। वल्ड च्याम्पियनसिपमा उनको यो पहिलो सहभागीता हो।
आजै नेपाललाई अर्को रजत प्रज्वलमानले दिलाए। उनले मास्टर तर्फ ४०-४९ वर्ष उमेर समुहमा रजत आफ्नो नाममा लेखाए। उनले ६५ केजीतर्फ भने उत्कृष्ट पाँचमा स्थान बनाएका थिए।
भोलि रुजेश र रजनीले मिक्स पियरमा तथा सनम मुलगुठीले स्विम सुट र मोडल फिजिक्समा दाबेदारी प्रस्तुत गर्नेछन्। जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]