default_image

1 year ago

November 8, 2024

वल्ड बडी बिल्डिङमा ३ नेपालीले जिते रजत पदक

2640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ।

नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् ।

रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ मा रजत र २०१७ मा कास्य जितेका थिए। यो स्पर्धामा थाइल्याण्डका खेलाडीले स्वर्ण हात पारेको‌ बताइएको छ।

एसियन च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण विजेता रजनी श्रेष्ठले महिला ५५ केजी मुनिको तौल समुहमा रजत प्राप्त गरिन्। यो स्पर्धामा भियतनामकी खेलाडीले स्वर्ण जितिन्। रजनीले यसअघि ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। वल्ड च्याम्पियनसिपमा उनको यो पहिलो सहभागीता हो।

आजै नेपाललाई अर्को रजत प्रज्वलमानले दिलाए। उनले मास्टर तर्फ ४०-४९ वर्ष उमेर समुहमा रजत आफ्नो नाममा लेखाए। उनले ६५ केजीतर्फ भने उत्कृष्ट पाँचमा स्थान बनाएका थिए।

भोलि रुजेश र रजनीले मिक्स पियरमा तथा सनम मुलगुठीले स्विम सुट र मोडल फिजिक्समा दाबेदारी प्रस्तुत गर्नेछन्। जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.