1 year ago
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्।
गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्।
७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे।
बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक बनाए। महिलातर्फ राष्ट्रिय टिमकी तारा कार्की चित्रकारले उपाधि जितिन्। उनले ३५ अंक जोडिन्। ३० अंक सहित सुमित्रा खड्का दोस्रो भइन्।

सिनियरतर्फ ४० अंक बनाएका तुल्सी भट्ट पहिलो भए।
प्रतियोगितामा आत्मारामले मोस्ट बोर्डिज, नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट ड्राइभ र अनिल कुमार सिन्हाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते। एक दिने प्रतियोगितामा ८ महिला सहित १ सय ७ गल्फरको सहभागिता थियो।
विजयी खेलाडीहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपाल, सिइओ अजय विक्रम शाह, गोकर्ण गल्ब क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]