1 year ago
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा बढी भइसकेको छ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले ढिलै भएपनि बोर्ड बैठक बस्नुलाई सुखद मानेका छन् । ‘यसअघि बजेटका कारण समस्या पर्ने गरेको थियो, घिसिङले भने,’दसौंका लागि त बजेट विनियोजन भइसकेको छ। राष्ट्रिय खेलकुद आयोजना पूर्व चरणबद्ध रुपमा तयारी गर्नुपर्ने हुन्छ। आशा छ हामीले यो बैठकबाट दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि केही आधार तय गर्नेछौं।’
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुदको समापनमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं आयोजना हुने घोषणा गरिएको थियो। तर त्यो समय बितिसक्दा राखेप भने बोर्ड बैठक बस्ने तयारीमा जुटेको छ।
युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहने बोर्ड बैठकका लागि दसौं राष्ट्रियसहित राष्ट्रिय खेलकुदको प्रतियोगिता २०७९ संचालन निर्देशिका संसोधन, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा एजेण्डा तय भएको छ।
त्यसै गरी बैठकमा राखेप विनियमावलीलाई समेत प्रस्तावको रुपमा अघि सारिएको छ । जस अन्तर्गत राखेपमा कार्यरत कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्वन्धि विनियमावली, आर्थिक प्रशासन विनियमावलीलाई समेत एजेण्डालाई बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर र खेलाडी आवासका बारेमा समेत छलफल हुने बताइएको छ ।
राष्ट्रिय खेलकुद आयोजना निश्चित नहुँदा आयोजक कर्णाली खेलकुद परिषदसहित अन्य प्रदेश खेलकुद अन्योलमा छन् । यो बोर्ड बैठकले दसौंका बिषयमा आवश्यक निर्माण गर्न नसकेको खण्डमा यहि आर्थिक वर्षमा आयोजना हुने कठिनाई पर्न सक्छ । राष्ट्रिय खेलकुद अघि जिल्ला, प्रदेशहुँदै छनोट र त्यसपछि प्रशिक्षण गर्नु पर्ने हुन्छ।

कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्जेलले प्रदेश सरकारको धारणाका आधारमा बोर्ड बैठकमा प्रस्तुत हुने बताएका छन्। ‘कर्णालीका मुख्य मन्त्री तथा सामजिक मन्त्री ज्यूसँग भेटेर छलफल गर्छु। प्रदेश खेलकुदले चाहेर मात्र हुने होइन, सन्जेलले भने,’प्रदेश सरकारको धारणा लिएपछि सोही अनुसार बैठकमा धारणा राख्नेछु।’
सन्जेलले दसौं राष्ट्रिय खेलकुद आयोजनाको निर्णय दुई वर्षअघि गरेर पनि निर्देशिका नबन्दा कार्यान्वयन हुन नसकेको बताए । ‘निर्देशका बनेर क्याबिनेटबाट पास नभएसम्म यो बैठकले मिति तोके पनि त्यहि समयमा हुन्छ भन्ने छैन, उनले भने,’निर्णय गरेर कार्यान्वयन भएन भने यसले भविष्यमा पनि अन्योलता कायम रहन्छ । त्यसैले निर्देशिका छिटो भन्दा छिटो पास गरेर अघि बढ्नुपर्छ।’
दसौंलाई लक्षित गरेर निर्माणाधीन कर्णाली प्रदेश रंगशालासहित अन्य भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा रहेको सदस्य सचिव सन्जेलले बताए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]