default_image

1 year ago

November 27, 2024

राजन र सुश्रुत सिंगापुर प्रस्थान 

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुरमा हुने अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगिता मंसिर १४ देखि २२ गतेसम्म हुनेछ। राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता र सुश्रुत तेस्रो हुन् । उनीहरुलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। 

सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जिया लगायतका ६० भन्दा बढी खेलाडीको सहभागिता रहने महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालवाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वर्ल्ड चेस फेडेरेशनको सहयोगमा महासंघले बेहोर्ने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्। 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.