1 year ago
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आज हुँदैछ।
नेपाल सहित ४ राष्ट्रका ५ क्लबले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछ्न्। नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्।
हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन।
यसैगरी भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसीको सहभागिता रहनेको छ।
८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्। सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन्। लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन।
जहाँ लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ। लिग चरणबाट एक टिम बाहिरिनेछ।
फाइनल खेल मंसिर २९ गते हुनेछ। च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछन।
उदघाटन खेलमा आज टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ। खेल दिउँसो ३:१५ बजे हुनेछ।
दोस्रो खेलमा गण्डकीले र इरानको टोलीको सामना गर्नेछ। यो खेल साँझ ५:३० बजे हुनेछ। च्याम्पियनसिपको सम्पुर्ण खेल हाम्रो खेलकुद डटकम र कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]