1 year ago
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो।
सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो पनि त्यस्तै। सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २५-२२ ले एचडिसीले बाजी मार्यो। खेल १-१ को बराबरीमा पुग्यो।
एचडिसी यतिमा मात्र रोकिएन। तेस्रो सेट २५-२३ ले जित्दै खेलमा २-१ को अग्रता बनायो। यसपछि एचडिसीलाई नतिजा आफ्नो पक्षमा पार्न अर्को एक सेट जित्नु थियो। तर इरानको युवा टोलीले त्यसो हुन दिएन।
लगातार दुई सेट जितेको एचडिसीले चौथो सेट २०-२५ ले गुमायो। खेल २-२ बराबरीमा पुग्यो। निर्णायक पाँचौं सेटमा इरानको युवा टोलीले आमविश्वासी प्रदर्शन गर्यो। १५-१३ ले यो सेटमा बाजी मार्यो। यसरी ३-२ को जितमा विजयी सुरुवात गरेको इरानको यु-१८ टोलीले २ अंक जोडेको छ।
दोस्रो खेलमा एचडिसीको भने यो पहिलो हार हो। हिजो एचडिसीले नेपालको गण्डकी प्रदेश भलिब संघलाई ३-२ ले हराएको थियो।
दिनको पहिलो खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकीलाई ३-१ ले हरायो। त्यो हेल्प नेपालको लगातार दोस्रो जित र गण्डकीको दोस्रो हार थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]