1 year ago
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ ले हारेको थियो। त्यसैले आज जित निकाल्ने दबाबमा भारतीय टोली रहनेछ।
तेस्रो खेल खेल्न लागेको क्लब एचडिसीले भने १ खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरेको थियो।
दोस्रो खेलमा हिजो इरानको यु-१८ टोलीसँग ३-२ को सेटमा पराजित भएको थियो । दुई खेलबाट ३ अंक बनाएको छ।
आजै हुने दोस्रो खेलमा नेपालको गण्डकीले इरान यु-१८ को सामना गर्नेछ। इरानको टिम लगातार दोस्रो जित दर्ज गर्ने दाउमा हुनेछ। हिजो उसले पहिलो खेलमा
माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को सेटमा हराएको थियो।
गण्डकी भने दबाबमा छ। टोली लगातार दुई खेलमा हार भोगिसकेको छ। पहिलो खेलमा क्लब एचडिसीसँग हारेको गण्डकी दोस्रो खेलमा हिजो हेल्प नेपालसँग ३-१ पराजित भएको थियो।
त्यसैले लिग चरणबाट सेमिफाइनलमा पुग्न सम्भावना जीवित राख्न पनि गण्डकीलाई तेस्रो खेलमा जित्नै पर्ने दबाब छ। खेल साँझ ५ बजे हुनेछ। ५ अंकसहित शीर्ष स्थानमा रहेको हेल्प नेपालको ५ अंक, इरानी टोली र एचडिसीको समान २ अंक छ।
च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता छ। सिगंल राउन्ड रोबिन लिगमा १० खेल सहित च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्।
तालिकाको शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन्।
तालिकाको शीर्ष टोलीले तेस्रो तथा दोस्रोले चौथोसँग सेमिफाइनल खेल्नेछ।
फाइनल मंसिर २९ गते हुनेछ। च्याम्पियनसिपको सबै खेल हाम्रो खेलकुद डटकमको युट्युब र कान्तिपुर म्याक्स एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]