1 year ago
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ।
इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित भएको थियो। दोस्रो खेलमा भने माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो।
लिग चरणको तेस्रो खेल खेलिरहेको क्यालिकटलाई इरानको यु-१८ टिमले कडा चुनौती दिन सक्छ।
इरानको युवा टोलीले यसअघि लगातार दोस्रो जित हात पारिसकेको छ। टोलीले अघिल्लो दुई खेलमा सानदार कमब्याक सहित खेल जितेको छ।
टिम आत्मविश्वासी देखिएको छ। उसले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा हराएको थियो। दोस्रो खेलमा सोमवार नेपालको गण्डकी प्रदेश भलिबल संघलाई पनि ३-२ ले नै हराएर लगातार दोस्रो जित हात पारेको थियो।
इरानले २ खेल बाट ४ अंक जोडेको छ। क्यालिकटसँग ३ अंक छ। यो खेल आज दिउँसो २:३० बजे सुरु हुनेछ।
आज हुने दोस्रो खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ। अपराजित रहेको घरेलु टोली हेल्प नेपाल लगायार तेस्रो जितको लक्ष्यमा रहनेछ।
हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ ले हराएको थियो। दोस्रो खेलमा गण्डकीलाई पराजित गरेको थियो। हेल्प नेपाल५ अंकका साथ शीर्ष स्थानमा छ।
यता एचडिसीले भने गण्डकीलाई ३-२ ले पराजित गर्दै जितबाट सुरुवात गरेपनि यसपछि लगातार दुई खेलमा हार बेहोरिसकेको छ। इरान यु १८ र क्यालिकटसँग लगातार दुई खेलमा एचडिसीले हार भोगेको छ।
आज घरेलु टिमसँग जित निकाल्न एचडिसीले सुधारिएको प्रदर्शन गर्न जरूरी छ। यो खेल साँझ ५ बजे हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]