default_image

12 months ago

December 27, 2024

शुक्रको रेकर्ड बराबरी गर्दै निरज इस्टर्न ओपन च्याम्पियन

510 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले शुक्र बहादुर राईको कुल स्कोरको रेकर्ड बराबरी गर्दै १७-अन्डर १९३ को सानदार स्कोरमा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन्।

आज ५-अन्डर ६५ को स्कोरमा उनले विष्णु प्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पहिलो पटक इस्टर्न ओपन च्याम्पियन बने।

निरजले यसअघि गत सिजन काठमाडौं ओपनको उपाधि जितेका थिए। लयमा रहेका निरजले शुक्रको रेकर्ड तोड्ने मौका भने चुकाए। उपाधि सँगै उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

धरान गल्फ क्लबमा अन्तिम १८ होलको सुरुवात गर्दा निरजसँग ७ स्ट्रोकको फराकिलो अग्रता थियो। उपाधि जित्ने संभावना निकै बलियो थियो। उनी शुक्रको रेकर्ड बराबरी गर्ने दाउमा थिए।

सोही अनुरुपको आक्रामक सुरुवात गर्दै पहिलो देखि तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे। छैटौं र नवौं होलमा एक-एक सट बचाए। यतिखेर उनी कुल १७-अन्डरको स्कोरमा थिए। रेकर्ड तोड्ने संभावना उच्च थियो। फ्रन्ट नाइनमा ५-अन्डर ३१ को लोभलाग्दो प्रदर्शन गरे।

तर दशौं होल बिर्सनलायक बन्यो। टि-सट जङ्गलमा पुग्यो। त्यहाँबाट हानेको प्रहार हजार्डमा पुग्यो। यो होलमा डबल बोगी खेपे। लगतै एघारौं होलमा पनि एक सट खेर फाले। यसपछि कमब्याक भने गरे। बार्हौं र तेर्हौं होलमा बर्डी प्रहार गरे।

यसपछि अन्तिम होलमा बर्डीले रेकर्ड बन्ने थियो। तर बङकरबाट बल निकाल्ने क्रममा पुन बल अर्को बङकरमा पुग्यो। यो होलमा पार जोगाए। १७-अन्डरको रेकर्ड बराबरी गरे। तर नयाँ रेकर्ड बनाउन सकेनन्। उनले पहिलो दिनको दिन ८-अन्डर ६२ को स्कोरमा शुक्र बहादुर राईको नाममा रहेको कोर्स रेकर्ड भने तोडेका थिए।

समग्रमा ७-अन्डर २०३ को स्कोरमा  विष्णुले  दोस्रो स्थानमा प्रतियोगिता सकाए। उनले आज २-अन्डर ६८ को स्कोर निकाले। विष्णुले १ लाख रुपैयाँ जिते। विष्णुले फ्रन्ट नाइनमा ४-अन्डर ३२ को तारिफयोग्य प्रदर्शन गरे।

तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औ, १४औं, १६औं र १७औं होलमा एक-एक सट बचाए। १५औं र १८औं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे।

धरानका बलभद्र राई समग्रमा ३-अन्डर २०७ सहित तेस्रो भए। उनले आज १-ओभर ७१ को स्कोर निकाले। उनले ७५ हजार रुपैयाँ पाए । उनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा पहिलो र चौथो होलमा बोगी प्रहार गरे। छैटौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइन १-ओभर ३५ खेले। ११औं होलको बर्डी विरूद्ध १३औं र १६औं होलमा बोगी खेपे।

एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते। अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा १-अन्डर २०९ स्कोरमा प्रतियोगिता सकाए। समग्रमा १-ओभर २११ को स्कोरमा सुन्दर दोस्रो भए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे।

५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको थियो। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल  ५६ गल्फरको सहभागीता रहयो। शनिवार प्रो एम इभेन्ट हुनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.