12 months ago
December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ।
दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे।
‘१९ औं एसियाली खेलकुद सम्पन्न भए लगत्तै हामीले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौं,’
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को हलमा सदस्य सचिव घिसिङले भने,’ हाम्रो यो तयारी करिब ३ वर्ष चल्छ । यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईं खेलाडीहरुमध्येबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ । विगतमा के भयो के भएन त्यो विर्सिनुस् । अब हामीले गर्ने बेला आएको छ । यो उपलब्धी हासिल गर्न साधारण मिहिनेतले पुग्दैन । असाधारण प्रयासबाट मात्र सम्भव हुन्छ । यो जिम्मेवारी तपाईं खेलाडीहरुसंगै प्रशिक्षकको पनि हो । राष्ट्रिय टिम तयारीको पनि हो ।’

सदस्य सचिव घिसिङले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिदै तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसंग प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिए ।
घिसिङले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए ।
प्रशिक्षणमा रहेकी १९ औं एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताइन् ।
राष्ट्रिय टिम तयारीका निर्देशक एवम् एसियाडका दोहोरो कास्य पदक विजेता दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गरे। उनले खेल जीवनको प्रसंग कोट्याउँदै ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैले जितेसरह हुने धारणा राखे ।
प्रशिक्षकका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको जनाउँदै पाएको अवसरलाई भरपूर उपयोग गर्नु पर्नेमा जोड दिए ।
गत वर्षबाट सुरु भएको मिसन २०२६ को तेस्रो चरणको प्रशिक्षण मंसिर १ गतेदेखि सुरु भएको हो ।
विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, महिला/पुरुष कबड्डी, महिला भलिबल र गल्फका गरि ९ खेलका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।
कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रब्य दृष्य पनि प्रदर्शन गरिएको थियो ।
राखेपले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको थियो ।

एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणको तयारी थालिएको पहिलो पटक हो । एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्ण पदक विहीन छ ।
सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो । एसियाडमा नेपालले हालसम्म ३ रजत र २३ कास्य पदक जितेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]