12 months ago
December 29, 2024
ललितपुर (हाम्रो खेलकुद )- आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्।
सेमिफाइनलमा आइतवार आयोजक टोलीले ललितपुर महानगरपालिकालाई २.५-१.५ अंकले तथा थापाथलीले साविक विजेता दोलखा चेस होमलाई ३.५- ०.५ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्।
तेस्रो बोर्डमा खेलेका पूर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी उत्कृष्ट लयमा रहेका आयोजक क्लबका रिसोन थापासँग पराजित भए । रिसोनले १ अंक जोड्दा फिडे मास्टर रुपेश जैशवाल र सिएम सजिन महर्जनले बराबरी खेले।
त्यसपछि आयोजक टिमको तर्फबाट दोस्रो बोर्डमा खेलेका शैलेन्द्र न्यौपाने र चौथो बोर्डमा खेलेकी विनिता कपालीले आ आफ्नो खेल बराबरीमा टुंगाए ।

थापाथली चेसकी महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखाकी पूजा भण्डारीलाई हराइन् ।
त्यसअघि थापाथलीका रिजेन्द्र राज भण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहालको खेल बराबरीमा टुंगियो ।
ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ४ लाख ३७ हजार रुपैयाँ पुरस्कार रहेको छ।
विजेता टोलीले २ लाख, दोस्रोले १ लाख २० हजार , तेस्रोले ८० र चौथो टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रत्येक बोर्डमा उत्कृष्ट स्थान प्राप्त गर्ने खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]