11 months ago
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाम्रो खेलकुदकी वरिष्ठ सम्वाददाता सरिता श्रेष्ठ एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन्।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको (एनएनआइपिए) आयोजनामा शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा श्रेष्ठ सम्मानित भएकी हुन् ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र मानार्थ अध्यक्ष दीपक विष्टले पत्रकार श्रेष्ठलाई सम्मान पत्रसहित ३५ हजार रुपैयाँले सम्मान गरे ।
दुई दशक भन्दा लामो समयदेखि खेल पत्रकारिता गर्दै आएकी श्रेष्ठले मेट्रो एफएमबाट व्यवसायीक पत्रकारिता सुरु गरेकी हुन्। त्यसपछि एनटिभी, एभिन्युज, ग्यालेक्सी फोर केमार्फत खेल पत्रकारिता गरेकी थिइन् । हाल उनी हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालमा आबद्ध छिन् ।

एनएनआइपिए अवार्डमा १९ औं एसियाली खेलकुदमा भाग लिएका २९ खेलका उत्कृष्ट खेलाडीहरू जनही १० हजार सहित सम्मानित भए ।
उत्कृष्ट २९ बाट उसुका विजय सिन्जाली पुरुष र करातेकी एरिका गुरूङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए र समान १ लाख रुपैयाँ प्राप्त गरे।
प्रतिभाशाली खेलाडीद्वय तेक्वान्दोका अश्मिन राउत र कबड्डीकी मानमती विष्टले समान ५० हजार रुपैयाँ पाए । वर्ष उत्कृष्ट पारा खेलाडीबाट पलेशा गोवर्धन सम्मानित भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
एथलेटिक्सका प्रशिक्षक रघुराज वन्त गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भए र उनले ३५ हजार रुपैयाँ प्राप्त गरे। सोही अवसरमा तारकेश्वर नगरपालिकाले स्थानिय खेलाडीलाई पनि सम्मान गरेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]