11 months ago
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड– २०८० मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड र पुरस्कृत भएका छन् । महिलाबाट एरिका र पुरुषबाट विजय पुरस्कृत भएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआपिए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा शनिवार भएको कार्यक्रममा एरिका र विजयले समान १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए । दुवैले ट्रफीसहित समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपैयाँ प्रदान गरियो ।

गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए। दुवैले प्रशंसा पत्रसहित समान ३५ हजार रुपैयाँ पुरस्कार पाए ।
१९ औं एसियाली खेलकुदमा समावेश गरिएको विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।
अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन, इस्पोर्ट्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगिता चौधरी रहे ।
त्यस्तै जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले जनही १० रुपैयाँ र ट्रफी प्राप्त गरे।
यि खेलाडी मध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, स्थानिय आयोजक समेत रहेको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणको स्थानिय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]