default_image

11 months ago

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

354 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ ।

मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । बस्याल र श्रेष्ठ सदस्यमा दोहोरिएका हुन् । बस्याल राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनैपनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्नेमा जोड दिए ।
सदस्य बस्यालले दोश्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउदै विगतका कमीकमजोरीलाई सच्चयाउदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुस भएको बताउँदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।

कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान  (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.