11 months ago
January 6, 2025
हिमाल खरेल, बिर्तामोड
बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ द म्याच बने ।
यसैगरी, आयोजकका लागि पवन बास्केले एक्लै २ गोल गरेका हुन् ।
यसअघि अन्तिम विकल्पले ५-२ गोलअन्तरले धुलाबारीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । अन्तिम विकल्पका अनिष पोमु प्लेयर अफ द म्याच बनेका थिए ।
यस्तै, अन्तिम सेमिफाइनल खेलमा आयोजकले विर्ता सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जसमा २ गोल गरेका रोशन बोहोरा प्लेयर अफ द म्याच बनेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक अन्तिम विकल्पका नगेन्द्र खत्री बने । उनले नगद १ हजार ५ सय रुपैयाँ पाउँदा सर्वोत्कृष्ट खेलाडी बास्केले २ हजार रुपैयाँ र प्लेयर अफ द म्याच बनेका खेलाडीले जनही १ रुपैयाँ हजार पाए ।
च्याम्पियन बनेको अन्तिम विकल्पले ५० हजार र उपविजेता आयोजक टोलीले २५ हजार रुपैयाँ पायो । उनीहरुलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, हरिचरण बानियाँ, बासु उप्रेती, प्रेमकृष्ण श्रेष्ठ, परिवारजनका सदस्यहरु पम्फादेवी राउत, देवेन्द्र राउत, नितु राउत, तृष्णा राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।
बिर्तामोडकाे रेड स्टार एफसीका उपाध्यक्ष स्वर्गीय ज्ञानेन्द्र राउत र उनका बुबा स्वर्गीय गणेश राउतको स्मृतिमा रेड स्टार फुटसल क्लबले प्रतियोगिताको आयोजना गरेको हो । मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]