11 months ago
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको सचिवालय उदघाटन गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरे।
राखेपले दसौं राष्ट्रिय खेलकुद चैत २३ गते देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने गरि मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सचिवालयको उद्घाटन गरेपछि मन्त्री चौधरीले एक टोली छिट्टै कर्णाली प्रदेश भ्रमणमा जाने र त्यहाँको भौतिक संरचना लगायतका सुविधा निरीक्षण गरेर के कति खेल गर्न सकिन्छ टुंगो लगाउने बताए।
केहि खेल नेपालगञ्जमा गर्न सकिने पनि चौधरीले जानकारी दिए। राखेप सदस्य सचिव टंक लाल घिसिङले ३५ खेल दसौं खेलकुदमा समावेश गरिने निश्चित भैसकेको बताए।

नवौं राष्ट्रिय खेलकुदमा समावेश कुल ३६ मध्ये पारा ग्लाइडिङ बाहेक ३५ खेललाई निरन्तरता दिइने पनि बताए। तर कुल खेलसँगै कति खेल कहाँ हुने यसको निर्णय माघ ३ गतेको बोर्ड बैठकले तय हुनेछ। २४ खेल कर्णालीमा हुने संभावना रहेको बताइएको छ।
सचिवालयमा आवश्यकता अनुसार परिषदका कर्मचारीले काम गर्ने पनि सदस्य सचिव घिसिङले बताए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]