11 months ago
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो।
सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४-ओभर ७६ मा दोस्रो दिनको खेल सकाए।
आज नेपालले १-ओभर १४५ को स्कोर दर्ज गर्यो। पहिलो दिन नेपालले १-अन्डर १४३ बनाएको थियो। सदभावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रो पटक हो। यसअघि ३६ औं संस्करणमा सुवास तामाङसँग मिलेर स्वर्ण पदक हात पारेका थिए।
बंगलादेशको ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडीले १६-ओभर ३०४ स्कोरसहित रजत पदक प्राप्त गर्यो। यो जोडीले आज १०-ओभर १५४ स्कोर गर्यो। अशफिकुलले आज ४-ओभर ७६ र रोमनले ६-ओभर ७८ मा खेल सकाएका थिए।
बंगलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनले कास्य पदक प्राप्त गरे। उनीहरूले कुल १८-ओभर ३०६ को स्कोर निकाले।
सदभावलाई ८ स्ट्रोकको अग्रता
पहिलो दिनका लिडर सदभावले दोस्रो दिन पनि ३-अन्डर ६९ स्कोर दर्ज गर्दै समग्रमा ६-अन्डर १३८ स्कोर सहित ८ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहे।
बंगलादेशका मोहम्मद साहबुद्धिन समग्रमा २-ओभर १४६ स्कोरमा दोस्रो स्थानमा छन्। सदभावले आज १०औँ होलबाट खेलको सुरूवात गरे।
फ्रन्ट नाइनमा २-अन्डर ३४ मा सकाउने क्रममा १०औँ र ११औँ होलमा बर्डी प्रहार गरे। १४औँ होलमा बोगी खेप्दा १७औँ होलमा एक सट बचाए। उनके ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले।
तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो होलमा डबल बोगीको सामना गरे। यसपछि पाँचौँ र नवौँ होलमा बर्डी प्रहार गरे। उनले पहिलो दिन बोगी रहित ३-अन्डर ६९ स्कोर गरेका थिए।
दोस्रो स्थानमा रहेका साहबुद्धिनले आज २-ओभर ७४ को स्कोर निकाले। श्रीलंकाका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन्। उनले आज ३-ओभर ७५ खेल्दै समग्रमा ५-ओभर १४९ स्कोर गरे।
अर्का नेपाली गल्फर राहुल विके र बंगलादेशका शफिकुल सम्युक्त चौंथो स्थानमा रहेका छन। राहुल र शफिकुल दुबैले आज ४-ओभर ७६ खेल्दै ६-ओभर १५० को स्कोर दर्ज गरे। कूल १०० खेलाडी मध्य उत्कृष्ट ५२ गल्फरले अन्तिम दुई दिनको लागी स्थान सुरक्षित गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]