default_image

11 months ago

January 21, 2025

खो खो विश्व कप – रजत पदक विजेता दुवै टोलीको भव्य स्वागत

504 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, खो खो संघका अध्यक्ष प्रदीप महर्जन र काठमाडौं महानगरपालिकाका प्रतिनिधि लगायतले स्वागत गरे।

पहिलो पटक भएको विश्व कपमा नेपालको महिला टोली समूह चरणको चार वटै खेल जितेर समुह विजेता बनेको थियो।

समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई हराउँदा क्वाटर फाईनलमा इरान र सेमिफाइनलमा युगान्डालाई माथ दिंदै फाइनलमा स्थान बनायो। फाइनलमा भने भारतसँग हारेको थियो।

पुरुष टोली समूह चरणमा पेरु, ब्राजिल र भुटानलाई हराउँदा भारतसँग हार बेहोर्यो। समूह उपविजेता बन्दै क्वाटर फाईनलमा प्रवेश गर्यो। क्वाटर फाईनलमा बंलादेश र सेमिफाइनलमा इरानलाई हरायो। फाइनलमा पुन: भारतसँग हार्दै दोस्रो भएको हो।

खो खो विश्व कपमा महिलामा १९ र पुरुष २० देशको सहभागिता रहेको थियो।

यो जितपछि खेलाडी तथा प्रशिक्षकहरूले कम्तीमा एउटा कभर्ड हलको व्यस्था गरुदिन आग्रह गरे। राखेपका सदस्य सचिव घिसिङले सरकारको नियम अनुसार यो टोलीलाई नगद सहित पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

खेलकुद विकास नियमावली २०७९ मा अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।

त्यसका आधारमा खो खो को महिला र पुरुष दुवै टोलीका खेलाडीले ४५ लाख रुपैयाँ पाउनेछन् । त्यसका लागि मन्त्री परिषदबाट पास गर्नुपर्ने हुन्छ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.