9 years ago
February 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत तेश्रो दिनपनि एमेच्योर गल्फर तेन्जिङ छिरिङ आफ्नो उत्कृष्ट प्रदर्शनलाइ जारी राख्दै शिर्षस्थानमा आफ्नो पकड बलियो बनाएका छन्। पार-७२को गोकर्ण गल्फ क्लबमा तेश्रो दिनको खेलमा तेन्जिङले २ अन्डर ७०को स्कोर बनाउदै समग्रमा आठ स्ट्रोकको अग्रता बनाए।

सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत भईरहेको यस प्रतियोगितामा एक दिन को खेल बाँकी रहेको छ। शिर्ष स्थानमा रहेका तेन्जिङले समग्रमा १० अन्डर २०६को स्कोर बनाएका छन् भने दोश्रो स्थानमा रहेका व्यावसायिक गल्फर रबि खड्काले २ अन्डर २१४ जोडेका छन्। खड्काले पनि आज २ अन्डर ७०कै स्कोर बनाएका थिए।
आजको खेलमा एक ओभर ७३ खेलेका संजय लामा र २ अन्डर ७० खेलेका शिवराम श्रेष्ठ १ अन्डर २१५ जोड्दै तेश्रो स्थानमा रहेका छन्। पछिल्लो तिन इभेन्टमा विजेता रहेका श्रेष्ठले ब्याक नाइनमा २ अन्डर ३४को स्कोर बनाएका थिए। ११औं, १२औं या १५औं होलमा बर्डी खेपेका श्रेष्ठले १३औं होलमा बोगी खेले। पाँचौ स्थानमा भने १ ओभर २१७ स्कोर बनाएका भुवन नगरकोटी रहेका छन्। उनले दिनको खेलमा १ अन्डर ७१ जोडे।
दिनको उत्कृष्ट स्कोर भने छैठौं स्थानमा रहेका एमेच्योर गल्फर टंक बहादुर कार्कीको नाममा रह्यो। ४ अन्डर ६८ जोडेका कार्कीले समग्रमा ३ ओभर २१९ बनाएका छन्। सातौँ स्थानमा आर्मी क्लबका धन बहादुर थापा (७२, २२०), आठौँमा जयराम श्रेष्ठ (७०, २२१), नवौंमा बलभद्र राई (७२, २२२) र दशौँमा दीपक मगर (७२,२२६) रहेका छन्।
प्रतियोगितामा ३३ व्यवसायिक र १५ एमेच्योर गल्फरले सहभागिता जनाएका छन्। कुल ६ लाख पुरस्कार रहेको प्रतियोगिताको विजेताले रु.१,१०,००० पाउने छ भने दोश्रो र तेश्रो हुनेले रु.७०,००० र रु. ४५,००० पाउनेछन्। अन्य २१ उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]