10 months ago
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् ।
त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे ।
सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे ।

रन–टुमा २ खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् । ४ खेलाडी छनोट भएनन् । यस्तै रन–वान नेपाली चोवाङ मिङग्युर तामाङसहित ११ खेलाडीले पूरा गर्न सकेनन् ।
यस्तै रन–वानमा अन्य २ खेलाडी छनोट हुन सकेनन् ।
महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन् । देबोराले दुवै रन ३ मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीले २ मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।

त्यसमा ३५ खेलाडीले स्पर्धा पूरा गरे । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने २ र रन–टुमा छनोट हुन नसक्ने ३ खेलाडी रहे । रन–वानमा २ खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने २ खेलाडी छनोट नै हुन सकेनन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]