10 years ago
September 29, 2015
काठमाडौं, असोज १२ गते ।
पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ ।
अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे तेज र कबड्डीमा भाग लिने बताइएको छ । टिम प्रशिक्षकमा रविन घिमिरे रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गर्दै देशभक्तीको भावना र इच्छाशक्ति भए सीमित श्रोत र साधनका बावजुद पनि पदक जित्न सकिने धारणा व्यक्त गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]