default_image

10 months ago

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

660 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ ।

भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी दिए।

महिलामा सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहने छैन। प्रतियोगितामा कुल १८ टिमका १ सय ६२ खेलाडीले भाग लिनेछन्। पुरुष तर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महिला तर्फको विजेताले ६० हजार तथा दोस्रो टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष पौडेलले विश्वास व्यक्त गरे।

प्रतियोगिताको कुल बजेट ३१ लाख रुपैयाँ रहेको त्यसमा राष्ट्रिय खेलकुद परिषद र संघका पदाधिकारी तथा विभिन्न सहयोगीको आर्थिक सहयोग रहने बताइएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.