default_image

9 months ago

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

551 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् ।

५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए ।

त्यसैगरी इलाइट महिलातर्फ पहिलो भएकी रुपाले ४३ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरिन्। कविता सार्कीले ४६ मिनेट ४२ सेकेन्डका साथ दाेस्राे र तेस्राे भएकी सीता सार्की ४७ मिनेट २८ सेकेन्ड लगाइन् ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल काेर्षमा भएको रेसमा मास्टरतर्फ देव बाेहरा (३४:३१ मिनेट) पहिलो, दीपक मल्ल (३८:४२ मिनेट) दाेस्राे र विशाल श्रेष्ठ (४१:०६ मिनेटमा) तेस्रो भए ।

तीनै तर्फको विजेताले ७ हजार, दोस्रोले‌ ५ हजार र तेस्रोले ३ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।

त्यस्तै भेट्रानतर्फ अजय केसी(४१:०३ मिनेट) पहिलो, जितेन्द्र थारू (४२:०८ मिनेट) दोस्रो र कविराम बुढाथोकी (४४:५१ मिनेट) तेस्रो भए ।

युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलाेचन बाेहराले ३५:४४ मिनेट समय निकाल्दै पहिलो भए ।

वीरेन्द्र धाेबीले ३५:५५ मिनेट समयका साथ दाेस्राे र रन्जित चाैहानले ३७:०८ मिनेटका साथ तेस्राे भए ।
भेट्रान र जुनियरतर्फ विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्राेले २ हजार रुपैयाँ प्राप्त गरे ।

डुडुवा गाउँपालिका स्थित जंगलमा रहेको याे काेर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकल मार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले रेसलाई आर्थिक सहयोग गरेको आयाेजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजकाे सहकार्यमा भएको याे रेस हरेक बर्ष सञ्चालन गरिने थापाले बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.