10 years ago
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ|
नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ले वेभसाइट सुरु गरेका थिए|
कार्यक्रममा बोल्दै आरजे स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले आरजेले अनलाइन मार्फतनै सामान खरिद गर्न सक्ने सुविधा दिइने कुराको जानकारी गराए| आरजेले सबै खेलका जर्सी, ट्र्याकसुट, टिसर्ट तयार पार्दै आएको छ|
नेपाली दर्शकमाझ जर्सीप्रतिको मोह पछिल्लो समयमा बढ्दै गएको र समयसापेक्ष अघि बढ्नुपर्ने कुरालाई मध्यनजर गर्दै अनलाइन सपिङ खोलेको कुरा पनि न्यौपानेले बताए|
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]