default_image

9 months ago

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

590 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ।

ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् ।

फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसीविरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघका अध्यक्षबीच २ बुँदे सम्झौता भएको थियो।

जसमा १५ दिन भित्र विशेष साधारण सभा गरेर ५ वटा संघलाई एनओसीको सदस्यता दिने उल्लेख थियो ।एनओसी विरुद्ध ती ५ संघले दायर गरेको मुद्दा तत्काल र विना शर्त फिर्ता लिने सम्झौतामा उल्लेख थियो। त्यसमा घोडचढी संघले भने मुद्दा फिर्ता लिएको छैन।

एनओसीले चैत ६ गते अनलाइनमार्फत विशेष साधारण सभा गर्दै नेपाल मोर्डन पेन्टाथोलन संघ, घोडचढी संघ, रग्बी संघ, स्केटिङ एन्ड स्केटबोर्ड संघ र बेस बल एन्ड सफ्ट बल संघलाई सदस्यता दिने निर्णय गरेको थियो।

‘ कुवेतमा तपाईँ स्वयंले हस्ताक्षर गरेको सहमति सम्झौताका बाबजुद पनि अझै एनओसीविरुद्धको मुद्दा फिर्ता लिनुभएको छैन,पत्रमा भनिएको छ,’ चारवटै संघले मुद्दा फिर्ता लिइसकेका छन् । हामीलाई उनीहरूबाट र एनओसीबाट पनि त्यसको पुष्टि प्राप्त भइसकेको छ।’

पत्रमा अगाडि भनिएको ,’तपाईले हस्ताक्षर गरेको सम्झौताको सम्मान नगर्नु भनेको नेपाल ओलम्पिक आन्दोलनसँग सम्बन्धित समस्याहरू समाधान गर्ने कुनै मनसाय नभएको संकेत गर्छ।’

ओसिएका महानिर्देशक मुसल्लमले सम्झौता अनुसार गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् ।

चैत ६ गतेको विशेष साधारण सभा रोक्न पनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। प्रहरी नियन्त्रणमा एनओसीको कार्यलय रहेको कारण कुनै पत्र‌‌ प्राप्त नभएको भन्दै विशेष साधारण सभा गरेको बताउँदै आएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने मंसिर १८ गते भएको एनओसीको विशेष साधारण सभा र पुस १३ गते भएको अनलाइन निर्वाचन गैरकानुनी ठहर गरेको थियो। अहिले एनओसी र सरकारबिचको विवाद चुलिएको छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.